logo
२०८१ बैशाख १४ शुक्रवार



बस र टाटासुमो ठक्कर खाँदा १३ जना घाइते

खुला |


बस र टाटासुमो ठक्कर खाँदा १३ जना घाइते
दुर्घटना भएको बस र दुर्घटनापछि उछिटिएको टाटा सुमो। तस्बिर: अमरराज नहर्की


अमरराज नहर्की
तनहुँ, फागुन २८ गते। पृथ्वीराज मार्गमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरामा आइतबार १२ : ४५ बजे बस र टाटासुमो ठक्कर खाँदा १३ यात्रु घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय भानुका प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिनुभयो। घाइतेमध्ये ११ जनालाई पुरानो मेडिकल कलेज रिफर गरिएको दुई जना स्थानीय अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो।

बस चालक इलाका प्रहरी कार्यालय आबुखैरेनीको नियन्त्रणमा रहेको र टाटासुमो चालक घाइते भइ उपचारमा रहेको भइरहेको उहाँले जानकारी दिनुभयो।

मुग्लिनबाट आबुखैरेनी जाँदै गरेको ग २ ख ३०७ नम्बरको बस र विपरीत दिशाबाट आएको ग ३ च ६०१२ नम्बरको टाटासुमो एक आपसमा ठक्कर खाँदा टाटासुमो सडकदेखि अन्दाजी ५ मिटर तल खस्दा दुर्घटना भएको घटनास्थलमा पुग्नुभएका प्रहरी निरीक्षक भुसालले जानकारी दिनुभयो।

दुर्घटनाका १३ घाइतेलाई उद्धार गरेर अस्पताल पठाइएको हो। थप गम्भीर घाइते ११ जनालाई उपचारका लागि चितवनको पुरानो मेडिकल कलेजमा पठाइएको प्रहरी निरीक्षक भुसालले जानकारी दिनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?