ओमिक्रोनप्रति समयमै सतर्कता (सम्पादकीय)
गोरखापत्र अनलाइन
मंसिर १९, २०७८ आइतवार
शनैः शनैः कोरोना (कोभिड–१९)बाट त्राण पाउन लागेको विश्व फेरि यसैको अर्को प्रकारको रूप (भेरियन्ट)बाट त्रसित हुन थालेको छ । कोभिड–१९ का फलस्वरूप विश्व तथा नेपालमा भएको धनजनको क्षति एवं यसले आर्थिक तथा सामाजिक क्षेत्रमा पारेका दीर्घकालीन प्रतिकूल प्रभावका सम्बन्धमा हामी सबै जानकार नै छौंँ । कोरोनाको यो स्थितिबाट शतप्रतिशत पूर्ण रूपमा मुक्ति नपाउँदै फेरि यसको नयाँ भेरियन्ट ओमिक्रोनको त्रासले अवस्था पुनः पूर्ववत्...