सार्वजनिक सेवा प्रवाहमा सुशासन
गोरखापत्र अनलाइन
कार्तिक १०, २०७८ बुधबार
सार्वजनिक प्रशासन भन्नाले सार्वजनिक हितका लागि सञ्चालन गरिने प्रशासनिक व्यवस्थालाई जनाउँछ । यसअन्तर्गत विकास प्रशासन, कर्मचारी प्रशासन, आर्थिक प्रशासनलगायत अन्य प्रशासनिक व्यवस्था पर्छन् । सबै किसिमका प्रशासनिक व्यवस्था सञ्चालनका लागि प्रमुख साधनको रूपमा जनसाधन, भौतिक साधन, वित्तीय साधन, सूचना तथा सञ्चारजस्ता साधनको महìवपूर्ण स्थान रहेको हुन्छ । यी स्रोत–साधनमध्ये आर्थिक स्रोत–साधनको बढी महìव रहेको हुन्छ...