आचारसंहिताको प्रभावकारिता (सम्पादकीय)
गोरखापत्र अनलाइन
चैत्र २७, २०७८ आइतवार
स्थानीय तहको निर्वाचन आउन लगभग एक महिना र केही दिन बाँकी छ । निर्वाचन आयोगले यताका दुई–तीन महिनादेखि नै निर्वाचनको तयारी गरिरहेको छ । राजनीतिक दलहरू निर्वाचनलाई आफ्नो पक्षमा पार्न राजनीतिक गतिविधिलाई ग्रामीण तहसम्म पु¥याउँदै छन् । मुलुक सङ्घीय गणतान्त्रिक युगमा प्रवेश गरेपछि स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको कार्यकारी र जनप्रतिनिधि संस्था हुन पुगेको छ । स्थानीय सरकारमा सक्षम, विकासप्रेमी र लोकतन्त्रलाई...