पूर्वाधार निर्माणमा गुणस्तर (सम्पादकीय)
गोरखापत्र अनलाइन
चैत्र २३, २०७८ बुधबार
दिगो पूर्वाधार विकासको मुख्य आधार हो । सडक संरचना दिगो र सवारी आवागमनमा सहज हुँदा त्यसले ढुवानी खर्च न्यून गर्छ । सहरका औद्योगिक उत्पादन गाउँसम्म पुग्छन् भने गाउँको उत्पादनले सहरमा बजार पाउँछ । सहज सडक आवागमन नहुँदा ढुवानीमा मात्र समस्या हुने होइन, मानिसको आवतजावतमा समेत समस्या पर्छ । श्रम उत्पादनको साधन हो र यो सञ्चय गर्न सकिन्न । सडक र सवारीमै समय बढी बिताउँदा श्रम गर्ने समय खेर जान्छ । उत्पादनमा प्रतिकूल असर पर्छ...