विद्यार्थीको भविष्यमाथि खेलबाड(सम्पादकीय)
गोरखापत्र अनलाइन ,
आश्विन ९, २०७६ बिहीबार
राजनीतिक आन्दोलनदेखि स्ववियु निर्वाचन, भर्ना नपाएको प्रतिरोध, भनेजति नम्बर नआएको प्रतिशोध, शुल्कको विरोध, नतिजामा भएको घोटालाविरुद्ध, भ्रष्टाचारको आरोपमा अथवा तलब नपाएको झोँक; नेपालमा शैक्षिक संस्था बन्द गर्ने सहस्रनामी बहाना प्रचलित छन्, मानौँ, सारा समस्याको समाधान शैक्षिक संस्थासँग छ । विद्यालयका भुरादेखि शोधार्थी यी समस्याका कारण हुन् र उनीहरूलाई दण्डित गरिनुपर्छ ।