प्रविधि पछ्याउन नसक्ने प्रवृत्ति
गोरखापत्र अनलाइन ,
आश्विन १२, २०७६ आईतवार
द्रुत गतिमा फैलिएको इन्टरनेट, तीव्र विकास भइरहेको सूचना प्रविधि र परिष्कृत प्राविधिक अन्वेषण विश्वका नवीनतम उपलब्धि हुन् । पृथ्वीको उत्पत्ति र विकाससँगै कोरिएका सभ्यताहरू, मानव समाजले गरेको खोज र प्राप्त गरेका सफलता २१ औँ शताब्दीमा विज्ञानलाई जीवनसँग जोड्ने सवालमा भएका श्रेयस्कर कार्य हुन् । चेतनास्तर वृद्धि, वैज्ञानिक खोजमा नयाँ–नयाँ आयाम र विश्वव्यापीकरणले ल्याएको तरङ्ग नै अहिलेको विश्वलाई अत्याधुनिक बनाउन...