पार्कले ल्याउने खुसी (सम्पादकीय)
गोरखापत्र अनलाइन
पुष ३०, २०७८ शुक्रबार
बढ्दो सहरीकरणको गतिसँगै विशेषतः सहरी क्षेत्रमा विविध कारणले फूलैफूल, पानीका झरना, सभ्यता झल्काउने कलाकृतिले भरिपूर्ण पार्कको महìव दिनानुदिन बढ्दै गएको छ । जनघत्व बढी हुने अधिकांश सहरी क्षेत्रमा सक्रिय जीवनशैली यापन गर्न, सहरको सौन्दर्यमा अभिवृद्धि गर्न, वातावरणीय सन्तुलन कायम गर्न, सामुदायिक सक्रियता अभिवृद्धि, समय कटाउनजस्ता विविध पक्षमा पार्कको उपयोगिता अत्यन्तै महìवपूर्ण हुन्छ । यसबाहेक कुनै पनि सहरको परिचयमा...