पृथ्वीनारायण शाहको पुनर्मूल्याङ्कन
गोरखापत्र अनलाइन
माघ २, २०७८ आइतवार
गत पुस महिनाको २७ गते, आजको गण्डकी प्रदेशअन्तर्गत पर्ने सानो पहाडी राज्य गोरखाका शाहवंशीय प्रतापी राजा पृथ्वीनारायण शाहको ३००औँ जन्म दिवस । पृथ्वीनारायण तिनै साहसी राजा हुन्, जसले आफूसँग उपलब्ध अत्यन्त सीमित स्रोत, साधन र शक्तिलाई परिचालन गरी आफूभन्दा कता हो कता सम्पन्न र शक्तिशाली मकवानपुर र नेपालमण्डलका तीन राज्य – कान्तिपुर, ललितपुर र भक्तपुरमाथि विजय प्राप्त गर्नुभएको थियो । आजभन्दा २५३ वर्षपहिले उहाँले जितेका...