चिसोमा उच्च स्वास्थ्य सतर्कता
गोरखापत्र अनलाइन
पुष ३०, २०७८ शुक्रबार
जाडोयाममा तराई क्षेत्रमा हुस्सु लाग्नु, शीतलहर चल्नु अस्वाभाविक होइन तर पहाडमा हिमपात र तराईमा शीतलहरले गर्दा अत्यधिक जाडोका कारण कठ्याङ्ग्रिएर मानिसको मृत्यु हुनु दुःखलाग्दो विषय हो । हिमाली भेगमा पनि जाडोको समस्या त छ तर त्यहाँका मानिसको रहनसहन जाडो छल्ने किसिमको हुन्छ ।