चेरीले सजिएको चक्रपथ (फोटो फिचर)
गोरखापत्र अनलाइन
चैत्र १, २०७८ मंगलवार
अहिले सङ्घीय राजधानी र मुलुकका अन्य केही पहाडी जिल्लामा चेरी ढकमक्क फुलेको छ। यतिखेर सडक वरपर सेता, गुलाबी र रातो रङ्गका फूलले रङ्गीचङ्गी देखिएपछि काठमाडौंलाई वसन्त ऋतुको सौन्दर्यले छोपेको छ। नेपालमा हिउँदको सुरुवातसँगै फूल फुल्ने क्रम रोकिएपछि चेरी फुल्ने भएकाले यसलाई हिउँदमा फुल्ने फूलको रानीसमेत भनिन्छ।