मानवीय रुटमार्फत बाहिरिँदै, बीस लाखले छाडे युक्रेन (फाेटाे फिचर)
गोरखापत्र अनलाइन
फाल्गुन २५, २०७८ बुधबार
युक्रेनमाथि रुसले भिषण आक्रमण गर्न थालेपछि विभिन्न शहरहरुमा फसेका गैरसैनिक नागरिकहरु दुवै देशको सहमतिमा छिमेकी देशहरुमा जान थालेका छन् ।
पटक पटक आंशिक रुपमा दुवै तर्फबाट भएका युद्धविरामहरु भङ्ग भए पनि राजधानी किभ नजिक रहेको पश्चिमी शहर इर्पिन र युक्रेनको उत्तरी शहर सुमीबाट नागरिकहरुको उद्वार गरिएको छ ।
युक्रेनी सरकारका अनुसार सुमीबाट पाँचहजार गैरसैनिक नागरिकहरुले शहर छोडेर पश्चिमतिर लागेका छन् ।