logo
२०८१ बैशाख ८ शनिवार

साताका सात तस्बिर

फोटो फिचर |
समाज |


2022-03-12-59731
म्याग्दीको फापरखेत गाउँ । तस्बिर: ध्रुवसागर शर्मा


म्याग्दीको बेनी नगरपालिका वडा नम्बर २ ज्यामरुककोटको फापरखेत गाउँ। परम्परागत जीवन शैली रहेको यो गाउँ जिल्लाको ऐतिहासिकस्थल खड्गभवानी कोतको पुछारमा रहेको छ। ध्रुवसागर शर्मा/रासस


 

भक्तपुर लोकन्थलीको नगर विकास समितिले गरेको प्लटिङ क्षेत्र र अरनीको राजमार्गको चहलपहल। विकास द्वारे

चार हजार ७५० मिटर उचाइमा रहेको गोक्यो तालभित्र देखिएको चोयू हिमाल। सागर बस्नेत

काठमाडौंको गागलफेदी नजिकबाट घुमारचोक जाने बाटोको भित्तमामा भएको प्लटिङ। पछिल्लो समय काठमाडौं उपत्यकामा खाली डाँडाकाडा सबैतिर प्लटिङ भइराखेको छ। कविता थापा

बिहीबार वसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठक अगाडि चीर ठड्याउँदै स्थानीय। चीर ठडिएपछि देशभर होली पर्व सुरु हुन्छ। सुजन गुरुङ

म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानको भिरखर्क सामुदायिक वनमा मङ्गलबार लागेको डढेलो। यहाँको डढेलो निभाउने क्रममा एक जनाको मृत्यु र एक जना घाइते भएका छन्। सन्तोष गौतम, रासस

पोल्याण्डको वार्सास्थित खेलकुद केन्द्रमा बनेको सेल्टरमा आराम गर्दै युक्रेनका शरणार्थी । रुस र युक्रेन युद्ध सुरु भएपछि युक्रेन छोड्नेको संख्या २५ लाख नाघेको छ । तस्बिर एपी