logo
२०८१ बैशाख १२ बुधवार

तस्बिरमा फुङ्लिङ बजारमा आगलागी

प्रदेश |
फोटो फिचर |


2022-03-11-59638
तस्बिर : चन्द्र पन्दाक


चन्द्र पन्दाक

ताप्लेजुङ, फागुन २७ गते । ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारको कोप्चे डाँडालाइनमा आगलागी भएको छ । शुक्रबार बिहान करिब ८ः३० बजेतिर आगलागी हुँदा एकघर पूर्णरुपमा जलेर नष्ट भएको छ भने एकघरमा आंशिक क्षति भएको छ ।

उक्त आगलागीमा परी एकजना वृद्धा घाइते हुनुभएको प्रहरीले जनाएको छ । शरीरको अधिकांश भाग जलेको बताइएको छ । घाइते वृद्धालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको र उहाँको आकस्मिक कक्षमा उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।

यता आगलागीको कारण खुलेको छैन भने आगलागीले ध्वस्त भएका घरमुलीहरुको नाम पनि खुलिनसकेको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिनुभयो । सो आगो नियन्त्रणका लागि फुङ्लिङ नगरपालिकाको वारुणयन्त्र (दमकल) प्रयोग गरिएको छ । आगो नियन्त्रणमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय जुटेका छन् । अहिले आगो नियन्त्रणउन्मुख रहेको ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी बालनरसिंह राणाले जानकारी दिनुभयो ।