काम्रोमा टाउको
गोरखापत्र अनलाइन
कार्तिक २९, २०७७ शनिबार
सधैँ सधैँ
सताइरहन्छ र हैरान पारिरहन्छ
बस्न टिक्न दिँदैन
उसकै मर्जी
स्वतन्त्र हुनै दिँदैन
यन्त्र जस्तै आफू खुसी चलाउँछ
मेरो पेट मलाई ।
कहिले दरबान बनाउँछ
मुङ्लानतिर,
कहिले भाडाको सिपाही बनाएर
बदनाम गराउँछ छिमेकतिर,
त्यतिले नपुगेर आजभोलि
मरुभूमिको तातो भुङ्ग्रोमा
गोठालो गर्न पठाउँछ खाडीतिर,
कठ्याङ्ग्रिने हिउँको चिसोमा
चोँचेको गोबर सोत्तर गर्न पठाउँछ कोरियातिर,
गधा जस्तै बोझा बोक्न पठाउँछ अरू धेरैतिर,
र केही...