कालिञ्चोक डाँडामा फुरुङ्ग मन
गोरखापत्र अनलाइन
मंसिर १३, २०७७ शनिबार
डाँडाभरी त्रिशूल, घण्ट, विविध रङका ध्वजापताकाको फरफरावट र सजावट । जलकुण्डको तपतप आवाज । देउरालीजस्तो निकै अग्लो (३,८४२ मिटर) टापु, नीलो आकाश छुनै लागे झैँ । वरिपरि कच्ची बारले घेरिएको लाम्चो आकारको समथर भूमि । चारैतिरको छेउबाट तलतिर नियाल्दा कहालीलाग्दो अग्लो भीर । टाढाटाढासम्म नियाल्दा देखिने मनोरम दृश्य, वर्णन कसरी गर्नु र !
पहिलोपटक वि.सं. २०७६ जेठ १५ मा दोलखाको कालिञ्चोक पुग्दा स्वर्गकै टुक्रामा टेके झैँ अनुभूति...