भिक्षाटनको एक दिन
गोरखापत्र अनलाइन
भाद्र २७, २०७७ शनिबार
तथागत बुद्ध एक दिन भिक्षाटनका लागि एउटा गाउँमा जाँदै हुनुहुन्थ्यो । गाउँमा धान काट्ने बेला भएको रहेछ । वातावरण घमाइलो थियो । किसानहरू कोही धान काट्दै थिए भने कोही काटेको धान थन्क्याउँदै थिए । कोही गीत गाउँदै, नाच्दै, रमाउँदै थिए । त्यहीबेला बुद्धलाई देखेर एकजना किसानले सोध्योे, ‘हामीहरू दुःख गरेर बीउ रोपेर मलजल गरेर धान उमारेर खान्छौँ, तिमी भने मागेर खाने ?’ यसको जवाफ फर्काउँदै बुद्धले भन्नुभयो, ‘म पनि बीउ रोपेर उमारेर...