राजनीति र साहित्यको सम्बन्ध
गोरखापत्र अनलाइन ,
भाद्र १३, २०७७ शनिबार
संस्कृत मनीषिहरूको परिभाषा सापट लिएर भन्ने हो भने जसमार्फत हितकारक भावनाको प्रसार हुन्छ, त्यसैलाई साहित्य भनिन्छ । कुनै पनि भाषाको कलात्मक लालित्यले परिपूर्ण लिखित वा मौखिक अभिव्यक्रि साहित्यको कोटिमा पर्छ । नेपाली बृहत् शब्दकोशका अनुसार कुनै देश वा जातिको व्यावहारिक वा भावनात्मक विषयसम्बन्धी ग्रन्थ, लेख आदि वाङ्मयलाई साहित्य भनिन्छ । अर्को शब्दमा जीवनजगत्सँग सम्बद्ध विविध विषयमा सौन्दर्य, रूप, गुण, भावुकता...