साट्न सकिएन जन्मदिनको खुसी
गोरखापत्र अनलाइन ,
असार १३, २०७७ शनिबार
सधैँ झैँ बन्दाबन्दीको ३२ औँ दिनमा पनि बिहानको पूजाकर्म सकेर चिया पिएपछि अध्ययनकक्षको कुर्सीमा बसी लेखपढ गर्न लाग्दै थिएँ । गोधूलि शिर निहु¥याउँदै आशीर्वाद थाप्न आइपुगी ‘बाबा आज वैशाख १२ गते नि ।’
‘अष्टचिरञ्जीवीले सुस्वास्थ्य राखून्, धेरै पढ्नू र असल मान्छे बन्नू, यही कामना गर्दछु ।’ यति शब्दबाटै जन्मदिनको खुसियाली बाँडेँ ।
संसारका अधिकांश मुलुकले झैँ नेपालले पनि कोरोना सङ्क्रमणबाट सुरक्षित रहन जनजीवनलाई स्थिर...