मातृदेवो भवः पितृदेवो भवः
गोरखापत्र अनलाइन ,
असार १३, २०७७ शनिबार
हाम्रा धर्मशास्त्रहरूले मातृदेवो भवः पितृदेवो भवः भनेको छ । यसको अर्थ आमाबाबुलाई देवीदेवताजस्तै सम्मान गर, देवीदेवतालाई जस्तै पूजा गर भनेर शिक्षा दिएको हो । धार्मिक, सांस्कृतिक र व्यावहारिक सबै दृष्टिकोणबाट आदरणीय आमाबाबुलाई महŒवपूर्ण मानिन्छ । आमाबाबुको अर्थ र महिमा हरेक समाजमा विशिष्ट छ । त्यसैले आमाबाबुको स्थान हिन्दु धर्मशास्त्रमा उच्च छ । यति ठूलो त्याग, धैर्य, ममता र संलग्नता हुन्छ, सन्तानप्रति आमाबाबुको...