आगम घरको पीर
गोरखापत्र अनलाइन ,
फाल्गुन १७, २०७६ शनिबार
उमेर ८६ वर्ष पुग्यो । सात वर्षदेखि बजाएका खिँ, धिमे, पछिमा, धा, न्याय्खिँ, भुस्या आदि बाजा बजाउने उत्साह अहिले पनि उस्तै । बाजा मात्र होइन, सात घण्टासम्म लगातार नाचिने नाचका मुद्रा र तीनका गीत पनि मस्तिष्कमा ताजै । तीन पुस्तालाई बाजाका धुन, गीतका फाँकी र नाचका मुद्रा सिकाइसक्नु भयो ।