प्राणदायी वर–पीपल
गोरखापत्र अनलाइन
चैत्र १९, २०७८ शनिबार
दुई महिनाअघि एक भव्य पीपलको रुख बीभत्स ढङ्गले काटिँदै गरेको दृश्य सामाजिक सञ्जालमा देखेँ । यो दृश्य यति हृदयविदारक र कारुणिक लाग्यो, जसको फलस्वरूप यो आलेख नै जन्मियो । मानवको कुरूप अनुहार उदाङ्गो देखिने यो दृश्य एक प्रतिनिधि घटना मात्र हो ।
विकासको नाममा दुई दशकदेखि हामी जे गरिरहेका छौँ, यसले भीषण बर्बादी र भोलिको कारुणिक अवस्थाको सङ्केत गरेको छ । हाम्रा प्राकृतिक सम्पदा, वैभव, संस्कृति, विज्ञान, वातावरण, धर्म र प्रकृतिको...