मेरो चैनपुर (कविता)
मेरो आँखाको गहिराइमा तिम्रो शृङ्गार देख्छु तिमीलाई मनले पूजा गर्ने तिम्रो मन्दिर देख्छु कसरी भनुँ तिम्रो र मेरो लुकामारी हुन्छ हरियाली कुञ्जमा म मेरो चैनपुर देख्छु ।
मुक्तक
घाम बनेर आउनु अझ जून बनेर आउनु मेरो सरगमको सुमधुर धुन बनेर आउनु उजाड छ वाग मनमा खडेरी परेर होला मनको खडेरी हटाउन मनसुन बनेर आउनु ।
हाम्रो सगरमाथा (कविता)
स्वाभिमानी नेपालीको गौरवमय गाथा सुन्दर, शान्त, बुद्धभूमि शिरमा सगरमाथा
हवाई यात्राका त्रासदी !
२०५८ साल कात्तिक दोस्रो हप्ताको कुरा । गृह मन्त्रालयको खटनपटनअनुसार यो पङ्क्तिकारले तत्काल कार्यरत विशेष प्रहरी विभागको सहसचिवबाट जनकपुरको सिडीओका लागि सरुवा पुर्जी लिएको थियो । दुईचार दिनअघिदेखि धाम्मधुम्म गर्दैआएको मौसम हिँड्ने बेला सिमसिम पानीमा वर्षिन थाल्यो । लौ रामै्र साइत प¥यो भन्ठानेर बाटो लागेको, विमानस्थलको प्रतीक्षालयमा भित्रिएपछि दुई चारजना अर्धपरिचित यात्रु भेटिए । गफका साथी त खाली भएनन् तर चिसा...
बाल्यकालदेखि डायोस्परासम्मका भावोद्गार
“दिलमा माया पटक्कै छैन र ? नजाऊ टाढा भनेको होइन र ! फूलको डालीमा, घर फर्की आऊ माया यसै पालीमा”