अनुभूत्यात्मक सहपीडाको ऊर्जा
गोरखापत्र अनलाइन
चैत्र १४, २०७७ शनिबार
मान्छे सबल र सफल जिन्दगीको खोजमा लालायित छ । अल्लारे र विद्यार्थी जीवनमा प्रत्येकले सफलातीत जीवनको चाहना राखेको हुन्छ र राख्नु पर्छ पनि । नागरिकको सफलता र सामथ्र्यमा समुदाय, समाज र राज्यको परोक्ष प्रत्यक्ष भूमिका रहने गर्छ । राज्यको सफलताको पुँजी एकप्रकारले कूटनीतिक व्यवहार हो तथा त्यसैले दूरगामी नीतिलाई संरक्षण गर्दछ । वैयक्तिक स्वार्थसाधनाले गर्दा थुप्रैपल्ट सामूहिक हितले दिशा नलिएको पाइन्छ । स्वार्थ र चरम...