गौरा पर्व शुरु, कोभिडले हरायो रौनक
रासस
भाद्र ७, २०७७ आईतवार
कञ्चनपुरसहित सुदूरपश्चिम प्रदेशमा आजदेखि गौरा पर्व शुरु भएको छ । शुक्ल पक्षको पञ्चमीका दिन महिलाले बिहानै स्नान गरी घरघरमा बिरुडा राखेका छन् ।
घरको एक कोठामा गाईको गोबरले लिपेर तामा र पितलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबो लगाई टीका र अक्षताले सिङ्गारेर एवं धुप बत्ती बालेर पञ्चअन्न गहुँ, मास, गहत, गोरस र कलौ भिजाएर राखी भगवान महेश्वरको आह्वान गरी विरुडा राख्ने कार्य गरिएको स्थानीय समाजसेवी रमेश...