चोरीको दोष नलागोस् भनेर चथाः पर्व मनाइँदै
गोरखापत्र अनलाइन ,
भाद्र ६, २०७७ शनिबार
जीवनमा कहिल्यै चोरीको दोष नलागोस्’ भन्ने कामनासहित बिहान गणेश र राति चन्द्रमाको पूजा गरी चथाः पर्व मनाउने परम्परा छ । बोलीचालीको भाषामा यस दिनलाई गणेश चौथी भन्ने गरिन्छ । भाद्र शुक्ल चतुर्थीको अवसरमा शनिबार बिहानै घर चोख्याएर दुबो, लड्डु र मुलासहित भगवान् गणेशजीको पूजा गरिन्छ ।
साँझ चन्द्रमाको पूजा गर्दा कमलको पात वा अदुवाको पातमा नैवेद्य, काँक्रो, नासपाती, अनार, अम्बा, केराउ, चना, बकुल्ला, मकै, भटमास, गहुँलगायत आठ...