फुर्सदिला थारू समुदायका महिला ढकिया बुन्दै
रासस
भाद्र ११, २०७७ बिहीबार
कैलालीको जोशीपुरकी रामप्यारी चौधरी आजभोलि निकै व्यस्त हुनुहुन्छ । रामप्यारीको दैनिकी आजभोलि ढकिया, ढकली, फेरुवा, भौकाभौकी, डेलुवा, डेलै, पनछोप्नी, पैन बनाउनमा व्यस्त छ । फुर्सदको समयमा रामप्यारीले वर्षेनी यी सामग्री बुन्ने काम गर्नुहुन्छ । रामप्यारीले यसरी बुनेका सामान धनगढीमा रहेको दिदीको पसलमा बिक्रीका लागि पठाउनुहुन्छ ।