logo
२०८१ मंसिर ८ शनिवार



परियोजना पुनर्निर्माणपछि लुलाङमा बिजुली बल्यो

खुला |
समाज |


परियोजना पुनर्निर्माणपछि लुलाङमा बिजुली बल्यो



ठाकुरप्रसाद आचार्य
म्याग्दी, फागुन २ गते । पाँच महिनाअघि बाढीले क्षति पु¥याएको धवलागिरि गाउँपालिका २ लुलाङको लघु जलविद्युत परियोजना पुनर्निर्माण गरिएपछि गाउँमा बिजुली बलेको छ । गाउँपालिका र स्थानीय पूर्वाधार विकास कार्यक्रमबाट बजेट विनियोजन गरी परियोजना पुनर्निर्माण तथा मर्मतसम्भार गरिएको हो ।
गत भदौं २० गते दरखोलामा आएको बाढीले ४३ किलोवाट क्षमताकोे दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युत गृह, बाँध र कुलो बगाएपछि गाउँ अन्धकार बनेको थियो । परियोजना पुनर्निर्माण गर्न गाउँपालिकाले १२ लाख र स्थानीय पूर्वाधार विकास कार्यक्रम मार्फत १० लाख गरी २२ लाख रुपियाँमा परियोजना पुननिर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष ज्ञानबहादुर पाइजाले बताउनुभयो । उहाँका अनुसार गत पुस महिनाबाट परियोजना मर्मतको काम थालिएको थियो ।
परियोजनाबाट गाउँका तिनसय ५४ घरधुरीमा विद्युत सेवा सुचारु भएको छ । बत्ति बलेपछि टुकीको भरमा विद्यार्थीहरुले पढ्नुपर्ने बाध्यता हटेको स्थानीयवासी भक्तबहादुर सिंकिजा पुनमगरले बताउनुभयो । विद्युत सेवा सुचारु भएपछि गाउँमा रहेका कुटानी पिसानी गर्ने मिल,फर्निचर उद्योग र मासुपसल सहज रुपमा सञ्चालनमा आएका छन् । मोबाइल चार्ज,टिभी हेर्न,बालबालिकालाई पढ्न सहज भएको सिंकिजा पुनमगरले बताउनुभयो ।
२०७६ मा वैकल्पिक उर्जा प्रवर्धन केन्द्र ८५ लाख ९७ हजार,जनश्रमदान ३३ लाख गाउँपालिकाको ५० लाख र स्थानीयवासीबाट चन्दा सहयोगबाट प्राप्त ५ लाख ३ हजार गरी एक करोड ७४ लाख रुपियाँ लागतमा परियोजना निर्माण गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?