राजधानीका सडकमा बढ्दै छाडा गाईबाच्छा, तीन हजार रहेको अनुमान
रासस
श्रावण १३, २०७७ मंगलवार
विधानले राष्ट्रिय जनावर भनी परिभाषित गरेको गाई बाच्छा राजधानीका सडक, नदी किनार एवं मठमन्दिरमा करिब तीन हजार छाडा छाडिएका छन् । गाई पाल्नेले बाच्छी जन्मिए राख्ने, बाच्छा जन्मिए दुई तीन महिना नबित्दै सडक, मठमन्दिर एवं नदी किनारमा लगी छोड्ने क्रम राजधानीमा बढ्न थालेको छ । गाईका बाच्छा खेत बारी जोत्ने काममा लगाउने गरिएकामा ट्याक्टरलगायत आधुनिक यन्त्र भित्रिएसँगै यसरी सडकमा छाडा छोड्न थालिएको हो । गाई पनि बुढो भएर नब्याउने...