हरियो चुरा र पोतेको पसलमा भीड
रासस
श्रावण ६, २०७७ मंगलवार
बन्दाबन्दी भएपनि अहिले प्रदेश नं १ को राजधानी विराटनगर बजार यतिखेर पूरै हरियाली भएको छ । साउन महिनाको आगमनसँगै विराटनगरको बजार होस् वा भित्र गल्लीका शृङ्गार र कपडा पसलमा अहिले महिलाहरुलाई हरियो चुरा, हरियो पोते, पहँेलो पोते, मेहन्दी, हरियो साडी खरीद गर्न भीड लागेको देख्न सकिन्छ ।
विराटनगर गुद्रीमा रहेको रियाज स्टोरका व्यापारी रियाज हकले कोभिड–१९ को महामारीका कारण गत वर्षभन्दा यस वर्ष साउन महिनामा आफ्नो व्यापार...