संस्कृति जोगाउन दमकमा धिमाल सङ्ग्रहालय
गोरखापत्र अनलाइन
श्रावण १, २०७७ बिहीबार
केही महिलाहरू मुस्लीले ओखलमा धान फल्र्दै गरेका छन् । एक जना वृद्धजस्तै देखिने पुरुष माछा मार्ने जाल बुन्दैछन् । कोही ढोलक बजाउदैँछन् । एउटा समूह कुकुरसहित सिकार बोकेर फर्कदैगरेको छ । एकजना वृद्धको जस्तो अनुहार झल्कने महिला हुक्का तानेर बसेकी छन् । सबैको अवस्था फरक फरक ढङ्गको छ । एक जना युवा आफ्नी प्रेमिकालाई केही मायाको सन्देश स्वरुप सगुन, पान, (कोशेली) दिँदैछन् ।
माथि उल्लेखित सबै प्रसङ्ग तस्विर हेर्दा नै छर्लङ्ग...