बाग्मती नदीले बाँध भत्कायो, खेत कटान गर्न थालेपछि किसान चिन्तित
गोरखापत्र अनलाइन ,
असार २७, २०७७ शनिबार
सर्लाहीको बरहथवा नगरपालिका–१, हजरिया खर्सालघाटमा बाग्मती नदीले बाँध भत्काएर खेत कटान गर्न थालेपछि स्थानीय किसान चिन्तित भएका छन् ।
लगातारको वर्षापछि बाग्मती नदीमा आएको बाढीले खर्सालघाटमा भर्खरै कसिएको बाँध, तारजाली र तटबन्ध सबै बगाएको छ । प्रदेश सभा सदस्य वीरेन्द्र सिंहको निर्वाचन क्षेत्र विकास कोषको २५ लाख रुपियाँबाट बाँध, बरहथवा नगरपालिकाको १५ लाख रुपियाँले डाइभर्सन र नदी नियन्त्रण कार्यालय परवानीपुर, बाराको...