भरतपुरमा कोरोनाबाट मृत्यु भएकाको देवघाटमा दाहसंस्कार
गोरखापत्र अनलाइन ,
जेष्ठ २७, २०७७ मंगलवार
कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका भरतपुर – ११ का ६८ वर्षीय पुरुषको देवघाटनजिकै बागेश्वरी जङ्गलमा दाहसंस्कार गरिएको छ ।
नेपाली सेनाको भरतपुरस्थित कालिबहादुर गणबाट खटिएको सेनाको टोलीले शव व्यवस्थापन गरेको हो । परिवारजनको उपस्थितिमा जातीय परम्परा अनुसार खाल्डो खनी गाडेर शवको व्यवस्थापन गरिएको जनाइएको छ । कोरोना सङ्क्रमणको जोखिम हुने भएकाले स्वास्थ्य सुरक्षा सतर्कताका लागि शव व्यवस्थापनको जिम्मेवारी सेनालाई...