राजनीतिक दललाई जिम्मेवार बनाउने काम प्रेसले गर्नुपर्छः नेता पोखरेल
गोरखापत्र अनलाइन
माघ २२, २०७८ शनिबार
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले राजनीतिक दलले निर्वाचनताका सार्वजनिक गर्ने चुनावी घोषणापत्रको कार्यान्वयन र प्रतिवद्धताबारेमा पत्रकारले कलम चलाउनुपर्ने बताउनुभएको छ । प्रेसले राजनीतिक दललाई जिम्मेवार बनाउने काम गर्नुपर्ने उहाँले बताउनुभयो ।