logo
२०८१ बैशाख २५ मंगलवार



पर्यटक आकर्षित गर्न स्टोनपार्क निर्माण

राष्ट्रिय |
समाज |


पर्यटक आकर्षित गर्न स्टोनपार्क निर्माण
जिरी नगरपालिकाले–१ खिम्ती खोलाको किनारमा निर्माण भएको स्टोनपार्क। तस्बिर बाबुराम शर्मा


बाबुराम शर्मा
चरीकोट, माघ २२ गते । दोलखाको जिरी नगरपालिकाले वडा नम्बर १ खिम्ती खोलाको किनारमा रहेको चौरमा प्राकृतिक रूपमै ठूलाठूला ढुङ्गा रहेका र ती ढुङ्गालाई जीवन्त राख्दै थप पूर्वाधार निर्माण गरेर पार्क निर्माण गरेको छ।

पहिले रक गार्डेन भनिएको यस ठाउँलाई वडाबाट स्टोन पार्कको नामकरणका लागि प्रस्ताव नगरपालिकामा पेस गरेर यो पार्क निर्माण गरिएको जिरी नगरपालिका– १ का वडा अध्यक्ष लाक्पा शेर्पाले बताउनुभयो। उहाँका अनुसार पार्क निर्माणमा स्थानीय र प्रदेश सरकारको करिब डेढ करोड खर्च भएको छ। पार्कको सभाहल भने नेपाली क्राँग्रेसका केन्द्रीय सदस्य जिपछिरिङ लामाको सहयोमा निर्माण गरिएको हो।

आगामी दिनमा टुरिजम हाइकिङको रुपमा विकास गरेर पर्यटकीय हबको रुपमा विकास गरिने जिरी नगरपालिकाले जनाएको छ।

सयौंँ ठूलाठूला ढुङगासहित घाँसे मैदानले ढाकिएको पार्कमा गुरू रिम्पाोचे, शिवजीको मूर्ति निर्माण गरिएको जानकारी दिँदै वडा अध्यक्ष शेर्पाले भन्नुभयो, ‘ढुङ्गामाथि बनाइएका यी मूर्ति पर्यटकका लागि थप आकर्षक बन्न पुगेका छन्। पार्कलाई तारबार लगाएर सुरक्षित बनाइएको छ भने पार्कमा आकर्षक प्रतीक्षालय, खानेपानी, स्टिलट्रस कटेज, शौचालय, हेलिप्याड, स्विमिङ पुल, मनोरञ्जन स्थल, निर्माण गर्नुका साथै पार्कसम्म जाने सडक सोलिङ गरिएको छ।

प्राकृतिक मनोरमको धनी स्टोन पार्कको नजिकैबाट पूर्वोत्तरमा देखिने हिमशृङखलासमेत यहाँबाट देख्न सकिन्छ। निर्मित यो पार्कमा शनिबार दुई सयसम्म पर्यटक घुम्न आउने गर्दछन्। पछिल्लो समय नेपाली चलचित्र र म्यूजिक भिडियोको सुटिङ गर्न कलाकार स्टोन पार्क आउने गरेका उहाँले बताउनुभयो।

दयाङ राईको मुख्य भूमिका रहेको चलचित्र वीर विक्रममा समेत यसपार्कको सुन्दर दृश्य कैद गरिएका छन्। आन्तरिक पर्यटकलाई लक्षित गरेर निर्माणधीन स्टोन पार्कमा अझै विकास र प्रचारप्रचारका कामहरू गर्न प्रयासरत रहेको अध्यक्ष शेर्पाको कथन छ। 

आन्तरिक पर्यटकलाई लक्षित गरेर स्टोनपार्कमा थप पूर्वाधारको विकास गरिएको र यसलाई दोलखा रापेछापकै उत्कृष्ट पर्यकटीयस्थल बनाइछाड्ने अध्यक्ष शेर्पाले दाबी गर्नुभयो। पार्कमा दोलखा, काठमाडौं, रामेछाप, सोलुखुम्बुलगायत अन्य जिल्लाबाट आन्तरिक तथा विदेशी मुलुकबाट पनि मानिस घुम्न आउने गरेका छन्। स्टोनपार्क हुँदै जट्टापोखरी र पाँचपोखरी पैदल जान सकिन्छ। समुद्र सतहबाट करिब एक हजार ८७६ मिटर उचाइमा रहेको स्टोनपार्क दोलखा र रामेछापको सिमानामा छ।

स्टोन पार्कसम्म पुग्नको लागि दोलखाको सदरमुकाम चरीकोटबाट जिरी बजार, जिरीबाट माली, यलुङहुँदै जान सकिन्छ। यस्तै जिरीबजार, कुने, सिउरानी, ठोसे, शिवालय हुँदै पनि पुग्न सकिन्छ। जिरी शिवालयबाट गर्जाङ देउरालीसम्म यातायातको सुविधा छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?