logo
२०८१ जेष्ठ ८ मंगलवार

साताका सात तस्बिर

फोटो फिचर |
समाज |


2022-02-05-56983
हुम्लामा लगातार हिमपात हुँदा अवरुद्ध बनेको सिमकोट विमानस्थल । राजन रावत


माधवनारायण यात्राकाक्रममा मंगलबार पशुपतिनाथ क्षेत्रमा बागमती नदीमा स्नानमा सहभागी ब्रतालु । सोमबार ब्रतालुसहित माधवनारण साँखुबाट बज्रयोगिनी मन्दिर र त्यहाँबाट माधवनारयाणलाई पशुपति पुर्याइएको थियो । साँखुमा एक महिना लाग्ने ब्रत बसिसकेका ब्रतालु माधवनारयणसँगै पैदल हिँडेर पशुपति मन्दिर, फर्पिङ, साँखु हुँदै पनौती र चाँगुनारायणसमेत पुग्ने गर्छन् । सुजन गुरुङ

सोनाम ल्होसारको अवसरमा बुधबार राजधानीको बौद्धमा परम्परागत पोशाकमा सजिएर सेल्फी लिँदै तामाङ समुदायका युवती । सुजन गुरुङ

हिउँदे झरिसँगै शुक्रबार बिहानै भक्तपुर कलमसीबाट देखिएको इन्द्रेणी । शेखर चौलागाईं

बाक्लो हिमपातले सडक अवरुद्ध भएपछि अलपत्र परेका यात्रु । नाग्म गमगढी सडकको घुच्ची लेकमा तीन फिटसम्म हिउँ जमेको छ । हरिकृष्ण ऐडी

सिन्धपाल्चोकको सिपाघाटस्थित इन्द्रावती नदीबाट बालुवा उत्खनन् गर्दै स्थानीय मजदुर । सागर बस्नेत

मुगुको एक विद्यालयमा खोपका लागि लाइन बसेका विद्यार्थी । हरिकृष्ण ऐडी