मानिस बन्दी भए, सर्वत्र शान्ति छायो, चिरबिराउन थाले चरा
गोरखापत्र अनलाइन ,
बैशाख ८, २०७७ सोमबार
कोरोना भाइरसको महामारीले धरतीको सबैभन्दा चतुर प्राणी मानिस घरभित्रै बन्दी भएको एक महिना पुग्नै लाग्दा जङ्गलमा रम्दै आएका चराचुरुङ्गी भने शहर र सडकतिर निष्फिक्री कावा खाँदै स्वतन्त्रतापूर्वक चिरबिराउन थालेका छन् । मानौँ चराहरुका लागि यतिबेला हस्तक्षेपरहित अकल्पनीय आनन्दको स्वर्गानुभूति भइरहेको छ ।