राजन रावत
सिमकोट, वैशाख ६ गते । सदरमुकाम सिमकोटको क्वारेन्टाईनमा रहनुभएका नौजना व्यक्तिहरुको स्वाब संकलन गरी सुर्खेत पठाइएको छ ।
कोरोना भाईरस संक्रमणको आशंकामा उहाँहरुको स्वाब संकलन गरेर शनिबार सुर्खेत पठाइएको हो ।
भारतमा काम तथा व्यापार गरी जिल्ला भित्रिएर क्वारेन्टाईनमा बसेका नौ जनाको स्वाब संकलन गरि पिसिआर परीक्षणका लागि सुर्खेत पठाइएको क्वारेन्टाइन स्थलमा रहनुभएका सूचना अधिकारी प्रजित बोहराले बताउनुभयो ।
उहाँहरुमा कोरोना संक्रमणका कुने लक्षण भने देखिएको थिएन ।
शनिबार तारा एयरले सो स्वाब बोक्न मानेपछि सुर्खेत पठाउन सकिएको बोहराले बताउनुभयो । यसअघि उहाँहरु सबैको आडीटि किटबाट रगत परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो ।
स्वाब संकलन गरिएका सबैलाई घर पठाइयो
क्वारेन्टाइनमा चौध दिन बिताएका व्यक्तिको स्वाब संकलन गरिएपछि नौ जनालाई घर पठाइएको छ ।
जिल्लामा स्वाब परीक्षणको रिपोर्ट आउँदासम्म क्वारेन्टाइनमा राख्नुपर्ने चर्को दबाब थियो ।
स्वास्थ्यकमीहरुले घरमा पठाउन नहुने भनाइ राखे पनि जनप्रतिनिधिहरुको दबाबमा प्रशासनले सबैलाई घर पठाएको हो ।