रुकुम (पूर्व) मा पहिलो पटक एम्बुलेन्स
रुकुम (पूर्व) जिल्लाका लागि पहिलो पटक एम्बुलेन्स आउने भएको छ । हिमाली र दुर्गम रुकुम (पूर्व) मा हालसम्म एउटा पनि एम्बुलेन्स नभएका अवस्थामा प्रदेश सरकारले एम्बुलेन्स उपलब्ध गराएपछि बिरामीलाई सहज हुने भएको छ ।
हेटौँडामा -यापिड टेस्टमा चार जनामा पोजेटिभ, बाग्मती प्रदेशमा १२ पुगे
हेटौँडामा ¥यापिड टेस्टमा चार जनामा पोजेटिभ, बाग्मती प्रदेशमा १२ पुगे
घरमा आमा बितिन्, किरिया महाकालीपारि
मङ्गलबार साँझ घरमा आमा बितेपछि शैल्यशिखर नगरपालिका–१ जोगउडाका ३५ वर्षीय वासुदेव भट्ट महाकालीपारि बालुवाकोटको क्वारेन्टाइनमा किरिया बस्नुभएको छ ।
मजदूरका लागि निःशुल्क गास र बास
कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथामका लागि सरकारले मुलुकभर लागू गरेको लकडाउनका कारण बागलुङमा अलपत्र परेका मजदूर तथा घर विहीनहरुलाई निःशुल्क खाने र बस्ने व्यवस्था गरिएको छ ।
अभाव पूर्ति गर्न रक्त सङ्कलन
मुलुकभर जारी लकडाउनका कारण रगतको अभाव भएपछि श्रीमहालक्ष्मी नगरपालिकास्थित लामाटारमा १३५ पिन्ट रगत सङ्कलन गरिएको छ । उक्त वडा कार्यालयको विपद् व्यवस्थापन समिति र नेपाल रेडक्रस सोसाइटी लामाटार उपशाखाको संंयोजनमा आज आयोजित कार्यक्रममा २९ महिला र १०६ पुरुषले रक्तदान गरेको उपशाखाका पूर्व सभापति तथा वर्तमान जिल्ला उपसभापति दीपक गौतमले जानकारी दिनुभयो ।