कैदीबन्दीद्वारा राहत कोषमा सहयोग
गोरखापत्र अनलाइन
बैशाख ३, २०७७ बुधबार
जिल्ला कारागार डोटीका कैदीबन्दीहरुले नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सहयोग रकम प्रदान गरेका छन् ।
जिल्ला कारागार डोटीमा बिभिन्न अपराधमा कैद भुक्तान गरिरहेका ४९ जना कैदीहरुले आफुले पाएको सेवा सुविधाबाट १० हजार ९५ रुपियाँ सरकारको कोरोना भाइरस संक्रमण रोकथाम,नियन्त्रण तथा उपचार कोषको खातामा रकम जम्मा गरेका हुन् ।