असिनापानीले तरकारी र फलफूल बालीमा क्षति
रासस
चैत्र २०, २०७६ बिहीबार
पोखरा र आसपासमा बुधवार दिउँसो परेको असिना पानीले तरकारी र फलफूल बालीमा क्षति पु-याएको छ । दिउँसो एक बजेदेखि लगभग आधा घण्टासम्म हावा हुरी सहित परेको असिना पानीले यहाँको लेखनाथको केही स्थान सहित तरकारीको पकेट क्षेत्र मालेपाटन, मासवास तथा घारीपाटन, रातोपैह्रा विरौटा, भरतपोखरी, निर्मलपोखरी लगायतका स्थानमा लगाइएको तरकारी बालीमा ठूलो पु-याएको हो ।