सुनौलीमा अलपत्र सुत्केरीको उद्दार, परिवारका पाँचैजना १४ दिन क्वारेन्टाइनमा
गोरखापत्र अनलाइन ,
चैत्र १९, २०७६ बुधबार
सुनौली नाकामा अलपत्र परेकी १० दिनकी सुत्केरीको रुपन्देहीको तिलोत्तमा नगरपालिकाको पहलमा उद्दार गरिएको छ । दुवै देशमा लकडाउन भएपछि रुपन्देहीको मंगलापुरकी लक्ष्मी दर्जी भारतबाट स्वदेश फर्कने क्रममा सीमा नाकामा अलपत्र पर्नुभएको थियो ।