लकडाउनले पीडित झन् मारमा, भोको पेटले भन्छ, ‘छिटो खाना ल्याऊ’
गोरखापत्र अनलाइन ,
चैत्र १८, २०७६ मंगलवार
तारेकश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहरा र उपप्रमुख भवानी डोटेल धितालले ‘कोही नगरबासी भोको बस्नु पर्दैन’ भनेर मार्मिक भिडियो सन्देश जारी गर्नुभएको छ । नगरपालिकाले विपन्न परिवारलाई कम्तीमा १० केजी चामलदेखि अन्य खाद्यान्न वितरण गर्ने योजना पनि बनाइसकेको छ ।
तर नगरपालिकाको मुख्य भवनको करिब सय मिटर दक्षिण र उत्तरमा रहेका केही स्थानीयवासीले भोको पेट बस्नु परेको गुनासो गर्नुभएको छ । मंगलबार गोरखापत्र समाचारदाता...