मगर भाषाको अनलाइन शब्दकोष सार्वजनिक
गोरखापत्र अनलाइन ,
पुष १७, २०७६ बिहीबार
नेपाल मगर संघ, यू.एस. नेपाल सोलुसन्स प्रालि र नेपाल मगर लेखक संघको पहलमा तयार बनाइएका मगर खाम÷पाङ, मगर काइके र मगर ढुट गरी तीनवटा भाषाको अनलाइनमा आधारित शब्दकोष सार्वजनिक गरिएको छ । ती कोषमा मगर ढुट शब्दकोष, मगर खाम÷पाङ शब्दकोष र मगर काइके शब्दकोष छन् ।