९० वर्ष माथिका नागरिकलाई घरमै भत्ता : मन्त्री रेग्मी
गोरखापत्र अनलाइन
पुष ८, २०७८ बिहीबार
सरकारले ९० वर्ष भन्दा माथिका र अशक्त ज्येष्ठ नागरिकलाई घरमै भत्ता पु-याउने व्यवस्था गर्ने प्रतिबद्धता जनाइएको छ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले गरेको कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले ९० वर्षभन्दा माथिका र अशक्त ज्येष्ठ नागरिकलाई घर घरमै बृद्धभत्ता पु-याउने व्यवस्था गर्ने बताउनुभयो ।