राष्ट्रिय पुनःनिर्माण प्राधिकरण औपचारिक रुपमा हस्तान्तरण
गोरखापत्र अनलाइन
पुष ८, २०७८ बिहीबार
नेपाल सरकारको निर्णयानुसार बाँकी कार्यभार तोकिएका निकायलाई सुम्पिँदै राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई बिहीबार औपचारिक रुपमा हस्तान्तरण गरिएको छ । प्राधिकरणका कार्यभार, काम, संरचना र पुँजीगत विवरण शहरी विकास तथा भवन निर्माण विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गर्दै प्राधिकरण आजदेखि बहिर्गमन भएको हो ।