मदिरा सेवन संस्कृतिले समाजमा समस्या बढ्दाे
रासस
पुष १०, २०७८ शनिबार
मदिरा सेवन संस्कृतिको रुपमा विकास हुँदा समाजमा हिंसा बढ्दै गएको पोखरामा आयोजित कार्यक्रममा वक्ताले बताएका छन् । उपभोक्ता हित संरक्षण मञ्च नेपालले मदिराका नकारात्मक असर र नियमनको आवश्यकतासम्बन्धी पोखरामा शुक्रबार आयोजित उपभोक्ता सचेतना कार्यक्रममा सहभागीले मदिराको प्रयोगलाई प्रतिष्ठा विषय बनाउँदै जाँदा समस्या बढ्दै गएको धारणा राख्नुभएको हो ।