मनास्लु पदयात्रा, भिरको बाटो पहिरोको त्रास
गोरखापत्र अनलाइन ,
आश्विन ६, २०७६ सोमबार
अक्टोबर सिजन सुरुसँगै उत्तरी गोरखाका पर्यटकको चहलपहल सुरु भएको छ । मनास्लु क्षेत्र पुग्ने दुई वटा विकल्प छन्, हेलिप्टर चढ्ने कि, भिरैभिरको बाटो हिड्ने ?
अहिलेसम्म मोटरबाटो पुग्न नसकेको त्यहाँ पदयात्राको आनन्द लिन विश्वभरका पर्यटकहरु आइपुग्ने गर्छन् । त्यसका लागि एक सातासम्म हिड्नुपर्ने हुन्छ । तर नेपालकै लोकप्रिय मनास्लु पदमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा त्यहाँ पुग्ने पर्यटकहरुले वर्षेनी दुखः पाउने गरेका...