logo
२०८१ असोज ७ सोमवार



मूनद्वारा अन्तर–कोरियाली रेलवे निर्माणको प्रस्ताव

अन्तर्राष्ट्रिय |


मूनद्वारा अन्तर–कोरियाली रेलवे निर्माणको प्रस्ताव


सियोल, वैशाख २८ गते। दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनले दक्षिण कोरिया र उत्तर कोरियाले संयुक्त क्वारेन्टाइन समेतका पारस्परिक सहयोगात्मक परियोजनालाई अघि बढाउनु पर्ने बताउनुभएको छ । उत्तर कोरिया र संयुक्तराज्य अमेरिकाबीच वार्तामा तत्काल प्रगति नभएको देखिए पनि दुबै कोरियाबीच समझदारी बढ्दै गएको राष्ट्रपति मूनले बताउनुभयो ।
राष्ट्रपति पदमा निर्वाचित भएको तेस्रो वर्षका अवसरमा विशेष सम्बोधन गर्दै राष्ट्रपति मूनले अन्तर–कोरियाली रेलवे सम्पर्क संजालको निर्माण र उत्तर कोरियातर्फ हुने भ्रमण जस्ता विशेष कार्यक्रमहरुको महत्व अझै रहेको बताउनुभयो । उहाँले दक्षिण कोरियाबाट प्रस्तावित सहयोगात्मक परियोजनालाई स्वीकार गर्न उत्तर कोरियासमक्ष अनुरोध गर्नुभयो ।
उहाँले भन्नुभयो, “हालका प्रस्तावहरु अझै पनि सान्दर्भिक छन् । हामी उत्तर कोरियालाई आफ्ना परियोजनाहरु स्वीकार गर्न आग्रह गरिरहने छौं ।” राष्ट्रपति मूनले कोरोनाभाइरसका कारण सिर्जित समस्याबाट उत्तर कोरिया पनि प्रभावित भएको बताउनुभयो । उहाँले दक्षिण कोरिया र संयुक्तराज्य अमेरिका दुबै मुलुकले उत्तर कोरियासँग निकट सम्पर्क संचारमा रहेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?