logo
२०८१ असोज ७ सोमवार



भारतमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या एक लाख १२ हजार नाघ्यो

अन्तर्राष्ट्रिय |


भारतमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या एक लाख १२ हजार नाघ्यो


नयाँ दिल्ली, जेठ ८ गते । गत २४ घण्टामा भारतमा ५ हजार ६०९ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । यसैसँगै भारतमा बिहीबारसम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या एक लाख १२ हजार ३५९ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

बिहीबार बिहान जारी तथ्याङ्कअनुसार भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको सङ्ख्या तीन हजार ४३५ जना पुगेको छ । यसको सङ्क्रमितको सङ्ख्या एक लाख १२ हजार ३५९ पुगेको छ । यस सङ्क्रमणबाट निको भएका बिरामीको सङ्ख्या ४५ हजार ३०० जना रहेको पनि मन्त्रालयले जानकारी दिएको छ । हाल भारतमा ६३ हजार ६२४ जना कोरोना सङ्क्रमित उपचाररत रहेका समाचारमा जनाइएको छ ।

कोभिड–१९ बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यका नागरिक सङ्क्रमित भएका छन् । यहाँ मात्र ३९ हजार २९७ नागरिक कोरोना भाइरस सङ्क्रमित रहेका छन् । महाराष्ट्रपछि तमिलनाडूमा दोस्रो स्थानमा रहेको छ । त्यहाँ १३ हजार ७९१ जनामा कोरोना भाइरसको सङ्क्रमण रहेका छन् । गुजरातमा १२ हजार ५३७ सङ्क्रमित रहेका छन् । दिल्लीमा ११ हजार ८८ जना कोरोना सङ्क्रमित रहेका छन् ।

भारतमा करिब दुई महिना यतादेखि कोरोना भाइरस सङ्क्रमण फैलिने डरले लकडाउन जारी रहेको छ । कोरोना भाइरसको सङ्क्रमण क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी रुपमा गरेको लकडाउनलाई मे ३१ सम्म जारी रहने घोषणा गरेको छ । कोरोनाभाइरस नियन्त्रण र रोकथामको लागि लकडाउनको चौथो चरण आगामी मे ३१ सम्म जारी रहने भारत सरकारले जानकारी दिएको हो ।

भारतीय गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकडाउन थप १४ दिनको लागि बढाउने निर्णय गरेको छ । भारतमा पहिलो चरणको लकडाउन गत २४ मार्चमा लगाइएको थियो । दोस्रो चरण लकडाउन १५ अप्रिलमा शुरु भएको थियो । तेस्रो चरणको लकडाउन मे ४ बाट शुरु थियो ।

भारतले सरकारले गत मे ४ देखि लागू हुने गरी मे १७ सम्म थप दुई साताको गरिएको तेस्रो चरणको लकडाउन समाप्त भएपछि चौथो चरणको लकडाउन शुरु भएको छ । प्रधान मन्त्री नरेन्द्र मोदी थप योजनासहित चौथो चरणको लकडाउन शुरु भएको बताउनु भएको छ । चौथो चरणको लकडाउन आगामी मे ३१ सम्म लागू हुने बताइएको छ । 

रासस/एएनआई

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?